
अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा सोही ठाउँका २२ वर्षीय विर्ख बिकको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
घटनामा ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । ट्रयाक्टरमा ३० भन्दा बढी मलामीहरु रहेको स्थानीय प्रत्यक्षट्याक्टरदर्शीले जनाएका छन् ।