एमालेलाई अब जुरुक्कै उठाउछौँ : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव एवम् गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण विष्टले एमालेलाई जुरुक्कै उठाउने गरि कार्यक्षेत्रमा एवम् जनताको घर घरमा गएर खटिने बताएका छन् । विगतका घटनाबाट पाठ सिक्दै आफूहरुले एमालेलाई बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्ने विष्टले उद्घोष गरेका हुन् ।

नेकपा एमाले कास्कीको आयोजनामा आयोजित नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा ” नेपालको कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको योगदान ” विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विष्टले विगतमा गरेका कामसँगै आफ्ना योजना र विकासका खाका जनतालाई बुझाउन सबैलाई आग्रह गरे।

कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदानको चर्चा गर्दै उहाँको बिचार कयौं दशक सम्म सान्दर्भिक रहने उल्लेख गरे । अधिकारीले नेपाली राजनीतिको पहिलो र नेतृत्वदायी पार्टी कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेको बताउदै भोलि पनि नेतृत्व एमालेले नै गर्ने उल्लेख गरे ।

कास्की इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापाले विकास र समृद्धिको खाका निर्माणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताइन् । एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न प्रवचन कार्यक्रममा स्वागत उपाध्यक्ष तेजनारायण अधिकारी र संचालन सचिव बैन बहादुर अधिकारीले गरेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button