
प्रधानमन्त्रीको सल्लाहकार भएको भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेको प्रहरीले जनाएको छ । खनालद्वयले आफू प्रधानमन्त्रीका सुशासन सल्लाहकार भएको तथा अन्य प्रमुख नेताहरूसँग समेत चिनजान भएको भन्दै ४५ लाख भन्दा बढी रकम ठगी गरेको र ना ४ च ८६७० नम्बरको जिप लिएर भागेको भन्दै उजुरी परेको प्रहरीको भनाई छ ।
उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा जाहेरी परेपछि जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जी जारी भएको हो । काठमाडौंंको कोटेश्वरबाट आइतबार दिउँसो पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि दमक पठाइसकेको प्रहरीले जनाएको छ ।