फेसबुक ह्याक गरी ठगिमा संलग्न भएको आरोपमा पोखराकी सुब्बुसहित ५ पक्राउ

पोखरा  । प्रहरीले अर्काको फेसबुक ह्याक गरी  ठगि कार्यमा संलग्न भएको आरोपमा   ५  जनालाई पक्राउ गरेको छ ।

फेसबुक ह्याक गरी  ओटिपी  समेत मागेर १४ लाख ५८ हजारको कारोवार गरेको आरोपमा प्रहरीले एक युवतीसहित चार युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीको पोखरा घर भइ काठमाण्डौ नयाँ बसपार्क बस्दै आएकी सुब्बु भनिने शुभेक्षा गुरुङ,  बारा सिमरा  उपमहानगरपालिका -१७ रामनगर घर भई  काठमाडौं बस्ने, अनुप श्रेष्ठ सिमान्त लामा, अमन्त लामा र रोहन तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कार्यलायबाट खटिएको विशेष प्रहरी टोलीले  काठमाण्डौ नयाँ बस पार्कबाट,नियन्त्रणमा लिएको जानेको छ  ।

उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button