पोखराको सेती नदी किनारमा मानिस मृत फेला

पोखरा । पोखरा रामघाट स्थित सेती नदीको किनारमा एक पुरुषको शव फेला परेको छ ।

पोखरा महानगरपालिका शान्तिवन स्थित रामघाटमा नदीको किनारमा बुधवार साँझ अन्दाजी ५०-५५ वर्षका पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका अनुसार नदी किनारमा अचेत अवस्थामा भेटिएका उनलाई गण्डकी हस्पिटल पोखरा लगिएकोमा चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन ।

प्रहरीले मृतकको हालसम्म पहिचान नखुलेको जनाएको छ । उचाई ५ फिट ४ इन्च भएका कालो ज्याकेट, सेतो निलो कोठे सर्ट, निलो टिसर्ट र कालो पाइन्ट लगाएका उनलाई चिन्नेले सम्पर्क गरिदिन कास्की प्रहरीले आग्रह समेत गरेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button