पोखराको चरकमा मुटुको सफल शल्यक्रिया

पोखरा ।  पोखरामा पहिलोपटक  मुटुको सफल शल्यक्रिया गरिएको छ ।

पोखरामा मै  पहिलोपटक  नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मुटुको शल्यक्रिया भएको हो ।

भलाम घर भएका ४५ वर्षीय विष्णु गौतमको एक हप्ता अगाडि मुटुको सफल शल्यक्रिया गरिएको चरक मेमोरियलका प्रबन्धक निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको टोलीले करिव ३ घण्टा लगाएर मुटुको शल्यक्रिया गरेको उनले बताए  ।

अस्पताले  करिब ३ करोडको लागतमा  स्थायी उपकरण जडान गरेर काठमाण्डौबाट चिकित्सकको टोली झिकाएर शल्यक्रिया गराएको हो   ।

पछिल्लो समय काठमाडौंको शहीद गंगालाल हृदय केन्द्र , मनमोहन अस्पताल, चितवन, विराटनगर र धरानमा हुदै आएको मुटुको शल्यक्रिया  यो सँगै पोखरामा समेत सुरु भएको डा. भट्टराईले बताए ।

मुटु रोगको प्रकृति हेरेर  करिब १ लाखदेखि ६ लाखसम्म शल्यक्रियाको लागत लाग्ने उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button