सुजलको निरन्तर अभियान: सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

पोखरा । सुजल डेरीले सफल ब्रान्डको घ्यूलाई जोडेर ‘मीठो स्वाद जिन्दगीको’ नामक अभियानलाई निरन्तरता दिएको जनाएको छ।

आइबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’ अभियानलाई अगाडि बढाएको जानकारी दिएको हो ।

कम्पनीले हरेक घर परिवारलाई घ्यूको मिठासयुक्त स्वादिलो परिकारमार्फत् जोड्ने उद्देश्यले ‘यो अभियानलाई निरन्तरता दिएको उल्लेख गरेको छ ।

मानिसहरुको व्यस्त जीवनशैलीबीच घ्यूको मीठो स्वाद, पौष्टिकता र सुगन्धले सम्पूर्ण परिवारलाई एक ठाउँमा ल्याउने विश्वास अभियानमार्फत् राखिएको कम्पनीले जनाएको छ ।

सन्तुलित खाना सबैको आवश्यकता भए पनि परिवारका हरेक सदस्यको फरक चाहनाका कारण गृहिणीहरूका लागि आफ्नो परिवारलाई पोषण पुर्या उनु चुनौतीपूर्ण बनेको अवस्थामा सफल घ्यूको स्वाद र सुगन्धले त्यसलाई पूर्ति गर्ने कम्पनीको दावी छ ।

कम्पनीले अगाडि भनेको छ….,’ ‘यस्तो अवस्थामा सफल घ्यूको स्वाद र सुगन्धले सबैजसो परिकारमा स्वाद बढाउने हुनाले परिवारका सम्पूर्ण सदस्यले सन्तुलित र पोषण युक्त परिकार मार्फत् जोडिँदै थप स्वस्थ र स्फूर्त जिन्दगी जिउन सक्नेछन् ।’

गाई तथा भैंसीको शुद्ध नौनी खारेर बनाइएको सफल घ्यू खाँदा मीठो हुनाका साथै स्वास्थ्यको लागि फाइदाजनक रहेको कारण परिवारको नियमित खानामा यसको प्रयोग राम्रो मानिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार दानेदार, सुगन्धित तथा पूर्ण रूपमा शुद्ध र पौष्टिक विशेषताका कारण विभिन्न चाडपर्व तथा समारोहहरूमा ताजा र मनै लोभ्याउने परिकार बनाउनको लागि यो उत्कृष्ट छ ।

घ्यू आफैमा शक्तिदायक भएकोले चिल्लो पदार्थको सर्वोत्तम विकल्प मानिन्छ । मात्र १ ग्राम घ्यूको सेवनले शरीरमा नौ क्यालोरी शक्ति र भिटामिन ‘ए’ सँगै मानव शरीरलाई अत्यावश्यक फ्याटी एसिड पनि प्रशस्त मात्रामा पाइन्छ ।

घ्यूको प्रयोग गरेर तयार पारिएको परिकार पाचन योग्य र शरीरका लागि गुणकारी रहन्छ र यसको उचित सेवनले मस्तिष्क विकासमा पनि टेवा पुग्ने विश्वास गरिन्छ । साथै चिल्लो प्रति सजग रहने व्यक्तिहरूको लागि पनि घ्यूमा बनेको परिवार फाइदाजनक रहन्छ ।

कम्पनीका अनुसार आफ्ना विभिन्न उत्पादनहरूमार्फत निरन्तर सेवा दिँदै सुजल डेरीले आइएसओ २२०००/२०१८ मापदण्ड प्राप्त गरेको छ ।

सुजल डेरीको उत्कृष्ट उत्पादनको रुपमा लिएको सफल घ्यू पोखरा, काठमाडौं लगायत देशभरका सबै मुख्य सहरमा पाइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button