
पोखरा । कास्की प्रहरीले लागूऔषध कारोवारमा संलग्न भएको आरोपमा पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।
पाँच केजी ७०० ग्राम अफिमसहित पोखरा २५ हेम्जाबाट एक जना र पोखरा- ०६ लेकसाइडबाट दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन र ४० वर्षीय बिराज पुन तथा बागलुङ निसिखोलाका ४६ बर्षीय तेजेन्द्र बहादुर पुन रहेका छन् ।
पोखराको हेम्जामा अफिमसहित पक्राउ परेका दिपेशको भनाईका आधारमा लेकसाइडबाट थप दुई जना पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुमाथि लागूऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।