पोखराको रानीपौवामा सवारी दुर्घटना, नदीपुरका क्षितिज नेपालीको अवस्था गम्भीर

पोखरा । पोखराको रानीपौवामा आइतबार साँझ सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. ३ नदीपुरका १९ वर्षीय क्षितिज नेपाली रहेका छन् । उनी अझै अचेत अवस्थामा छन् ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । क्षितिज अचेत अवस्थामा रहेकाले उनको आफन्तजनसँग अझैपनि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा-१३ का सुदीप पुन सोही दुर्घटनामा घाइते भएका छन् । सामान्य घाइते भएका उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्किएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

महेन्द्रपुलबाट रानीपौवातर्फ जाँदै गरेको पुनले चलाएको ग१३प ७४०५ नम्बरको स्कुटर र विपरित दिशाबाट आइरहेको नेपालीले चलाएको ग१८प ९९०८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर पर्यटक बसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

स्कूटर, मोटरसाइकल र बससहित चालक धादिङ गल्छीका विकी मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button