पोखरामा आइटिएफ टेनिस प्रतियोगिता सुरु

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ ।

पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सुरु प्रतियोगिता दुई सातासम्म सञ्चालन हुनेछ ।

टेनिस कोर्टमा शनिबार र आइतबार छनोट चरणका खेल सञ्चालनपछि आजदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता छ ।

महिलातर्फ ४७ खेलाडीको सहभागिता रहेको छ ।

कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोकबहादुर गुरुङका अनुसार प्रतियोगितामा पुरुषतर्फ नेपालसहित आठ देशका खेलाडी सहभागी छन् ।

नेपालबाट १०, भारतबाट ४४, जापानका चार, अमेरिकाका दुई तथा रसिया, क्यानडा, चीन र श्रीलङ्काबाट एक÷एक जना जना खेलाडीले भाग लिएका छन् ।

यस्तै, महिलातर्फ नेपालबाट सात, भारतबाट ३०, जापान, थाइल्याण्ड, अमेरिका, नर्वे, काजकिस्तानलगायतका देशबाट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गर्नेछन् ।

खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको वरियता निर्धारण गर्नेछ ।

विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइन लिस्टले नौ, क्वाटरफाइन लिस्टले पाँच र अन्तिम १६ मा पुग्नेले आइटिएफकोे दुई अङ्क पाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button