केपी ओली कप टी-२० क्रिकेट : आर्मीको विजयी सुरुवात

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेटमा विभागीय त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

सोमबार भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस क्लब निलोमाथि ११० रनको फराकिलो जित हासिल गरेको हो ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।

आर्मीका लागि ओपनर सन्तोष कार्कीले सार्वधिक ४१ रन बनाए ।

कप्तान विनोद भण्डारीले ३८, वसिर अहमदले २३, कुशल मल्ल २५, रोहित पौडेलले १२ रन बनाए ।

विवेक यादव २९ रनमा तथा भीम सार्की ६ रनमा अविजित रहे ।

मदनभण्डारीका लागि मेहोल श्रेष्ठले सर्वाधिक २ विकेट लिए ।

कौशल रुपाखेती र धावन सहनीले १/१ विकेट लिए ।

आर्मीले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्टस एकेडेमी निलो १५.४ ओभरमा ८५ रनमा अलआउट भयो ।

मदनभण्डारी स्पोर्टस एकेडेमीको लागि कप्तान निर्भिक पाठकले सर्वाधिक २८ रन बनाए ।

ओपनर रोनिम तिवारीले १५, रनवीर यादवले १६ तथा सेमन रोयले १० रन बनाए ।

अन्य कुनै ब्याटरलाई दोहोरो अंकमा रन बनाउन आर्मीका बलरले दिएनन् ।

आर्मीका लागि बायाँ हाते स्पिनर कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । जितेन्द्र मुखिया र साहब आलमले २/२ विकेट लिए ।

सोमपाल कामी विकेट विहीन बनेको खेलमा विवेक यादव र रोहित पौडेलले १/१ विकेट लिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button