पोखरा-२८ मा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण

पोखरा । पोखरा महानगरपालिका वडा नं.२८ मा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण सम्बन्धी एकदिवसीय कार्यक्रम गरिएको छ ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगत व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजना तथा वडा नं.२८ को स्थानीय व्यवस्थापनमा सो कार्यक्रम गरिएको केन्द्रका कार्यकारी अधिकृत नवराज अधिकारीले बताए ।

केन्द्रले यस प्रकारका कार्यक्रम तथा तालिमहरू निरन्तर सञ्चालन गरिरहेको छ ।

कार्यक्रम वडावासीहरूका लागि फलदायी भएको वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बताए ।

यस प्रकारको कार्यक्रमले वित्तीय साक्षरता सम्बन्धी आवश्यक ज्ञानको अभावका कारण कतिपय अवस्थामा आर्थिक समस्याहरू झेल्नु पर्ने बाध्यताको अन्त्य गरिदिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button