पोखरा । १६ औं संस्करणको हिसान स्पोटर्स मिट यहि मंसिर १४ गतेदेखि हुने भएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीद्धारा आयोजित स्पोटर्स मिट १७ गतेसम्म सञ्चालन हुनेछ ।
स्पोटर्स मिटको सबै तयारी पूरा भएको हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काले जानकारी दिए ।
उनका अनुसार स्पोटर्स मिटअन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा-छुट्टै प्रतिस्पर्धा हुनेछन् भने बास्केटबल, भलिवल, व्याडमिन्टन र टेबुल टेनिसका खेल समावेश गरिएको छ ।
प्रतियोगितामा मावितहको छात्र भलिवलमा २९ र छात्रातर्फ २१ विद्यालयले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा छात्र बास्केटबलमा ३७ विद्यालय सहभागी हुँदैछन् भने छात्रातर्फ १५ विद्यालयको सहभागिता रहनेछ ।
यस्तै, टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन भने व्याडमिन्टनमा २४ विद्यालयका ३ सय १२ विद्यार्थी भिड्दैछन् । विश्वविद्यालय तर्फको बास्केटबलमा भने ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाउने भएका छन् ।
कार्यक्रम संयोजक डा. रामजी शर्माका अनुसार स्पोटर्स मिटको उद्घाटन पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा हुनेछ ।
प्रतियोगिताले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने संयोजक शर्माको विश्वास छ ।
स्पोटर्स मिट प्रतियोगिताका लागि मात्रै आयोजना भएको नभइ खेलकुदमार्फत विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र युवा खेलाडी उत्पादनमा सघाउने उद्देश्य रहेको शर्माले बताए ।
प्रतियोगिताका प्रचारप्रसार समिति संयोजक डिल्लीराम अर्यालका अनुसार हिसान कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी ७२ मध्ये ६२ शिक्षण संस्थाका करिब आठ हजार विद्यार्थी सहभागी हुँदैछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब रु २० लाख खर्च हुने अनुमान गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution