न्यूरोडमा अनुमति बिना रुख काट्ने दुई पसललाई जरिवाना

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसललाई जरिवाना गरिएको छ ।

फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको हो ।

पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका उनीहरूलाई रु.१५ हजार जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए ।

महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखहरूको हाँगा अनुमति विना कटान गरेमा प्रति हाँगा रु. ५ हजार र रुख नै काटेमा रु.१५ हजार जरिवाना हुने व्यवस्था छ ।

एक घर दुई बिरुवाको नीति लिएको पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवाहरू वृक्षारोपण गरेको छ भने त्यति नै सङ्ख्यामा फूलका बिरुवाहरू लगाएको छ ।

सडक छेउमा लगाइएका बिरुवाहरूको संरक्षण गर्न नगरवासीहरूमा नगर प्रमुख धनराज आचार्यले अनुरोध गरेका छन् ।

पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले आफ्ना घर अगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका लागि अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button