केपी ओली कप टी-२० क्रिकेट : सुदूरपश्चिमसँग पुलिस हार्दा मधेश सेमिफाइनलमा

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

उपाधि दावेदार मानिएको नेपाल पुलिस क्लव सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै मधेस समूह ’सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेशको हो ।

मधेस प्रदेश, नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको समान २ २ अङ्क भए पनि नेट रन रेटमा अघि रहँदै मधेस सेमिफाइनलमा पुगेको हो ।

आजको खेलमा सुदूरपश्चिमले पुलिसमाथि ४ विकेटको जित निकाल्यो । पुलिसले दिएको एक सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो ।

खेलमा सुदूरपश्चिमका किरण ठगुन्नाले नट अर्धशतकीय पारी खेले । उनले ५१ र नरेन साउदले ३९ रन बनाए । बलिङतर्फ पुलिसका रशिद खानले तीन विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५८ रन बनायो । पुलिसका कुशल भुर्तेलले सर्वाधिक ६७ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका विकाश आग्रीले दुई विकेट लिए ।

यसअघि समूह ‘ए’ बाट बाग्मती प्रदेश, समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनलमा पुगिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button