करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धनुषा र बारामा गरी सोमबार करेन्टबाट दुई व्यक्तिको मृत्यु भएको हो ।

धनुषास्थित हंसपुर नगरपालिका-८ झटियाही बस्ने ६५ वर्षीय राजेन्द्र राउतको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घर नजिकै रहेको खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

त्यस्तै, बारास्थित करैयामाई गाउँपालिका-४ लौतन टोल बस्ने २१ वर्षीय रमेश प्रसाद यादवको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

पानी तान्ने धारामा लगाएको विद्युतीय मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button