गण्डकी बोर्डिङ स्कूलका विद्यार्थीद्वारा सहयाेग

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूलका विद्यार्थीले पोखरा महानगरपालिका वडा नं. १७, ढुंगेसाँघुस्थित पोखरा वृद्धाश्रममा सहयोग गरेका छन् ।

विद्यालयको कक्षा ७ मा अध्यनरत एक सय २६ जना विद्यार्थी वृद्धाश्रममा पुगी ज्येष्ठ नागरिकलाई न्यानो लुगा, खाद्यान्न तथा फलफूल वितरण गरेका हुन् ।

विद्यार्थी मानव मूल्य र मानवीयताको अनुभूति विकास गर्ने उद्देश्यले हरेक वर्ष सामाजिक शिक्षा तथा स्थानीय पाठ्यक्रमको पूरकको रुपमा विद्यालयले कार्यक्रम गरेको जनाएको छ ।

विद्यालय प्रिन्सिपल वीरेन्द्र खड्काले यस्ता कार्यक्रमले सामाजिक अध्ययन तथा विद्यार्थीलाई सामाजिकीकरण, सामाजिक मूल्य मान्यता तथा नैतिक शिक्षाको भावनाको विकास हुने विश्वास व्यक्त गरे ।

विद्याश्रम पुगेका विद्यार्थीहरु पुम्दीभुम्दीस्थित शान्ति स्तूपामा पुगेर ध्यान गर्नुका साथै पुम्दीकोट विशाल महादेवको मूर्तिको अवलोकन गरेका थिए ।

विद्यार्थी साथमा तीन जना शिक्षकको परामर्शसहित विद्यार्थीलाई विभिन्न कार्यमा जिम्मेवारी तोकिँदा विद्यार्थीमा क्षमता विकास हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button