पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना, गम्भीर घाइतेलाई पोखरा ल्याइँदै

पोखरा । तनहुँमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

धरानबाट पोखरा आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस आज बिहान व्यास नगरपालिका वडा नं. १२ घाँसीकुवामा दुर्घटनामा परेको हो ।

दुर्घटना परि ३४ जना घाइते भएकामा आठ जनाको अवस्था गम्भीर रहेको र एक जनाको अवस्था सामान्य रहेको छ

उनीहरुलाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको प्रहरी निरीक्षक दिलिप कुमार हुमागाइँले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये पाँच जनाको दमौली अस्पताल र २० जनाको रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक हुमागाइँले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button