तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, गम्भीर घाइते नौ जना पोखरा रिफर

पोखरा । तनहुँमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका २४ वर्षका हस्त राई र ठेगाना नखुलेका ५० वर्षका टोपबहादुर मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिप कुमार हुमागाइँले दिएको जानकारी अनुसार दुवै जनाको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनका अनुसार गम्भीर घाइते ९ जनालाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ ।

धरानबाट पोखरा आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस आज बिहान व्यास नगरपालिका वडा नं. १२ घाँसीकुवामा दुर्घटनामा परेको थियो । बस अनियन्त्रित भइ सडकबाट तल खसेको थियो ।

दुर्घटनामा ३४ जना घाइते भएकामा केहीको जिल्ला अस्पताल र केहीको रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक हुमागाइँले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button