
पोखरा । स्याङ्जामा गएराति सवारी दुर्घटनामा परि एक जना घाइते भएका छन् । घाइते हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १ घुम्तीकी बर्ष ५५ की माया पौडेल रहेकी छन् ।
उनलाई जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) ईन्द्रबहादुर रानाले जानकारी दिए ।
घाइते पौडेलको पाेखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको डिएसपी रानाले जानकारी दिए ।
उनका अनुसार गएराति करिब ८ बजे स्याङ्जाबाट बाडखोलातर्फ जाँदै गरेको लु१ह ३८१५ नम्बरको अटो रिक्सा दुर्घटनामा परेको हो ।
उनका अनुसार अटो चालक पुलतीबजार नगरपालिका वडा नं. ३ का वर्ष १८ का अमृत नेपाली र अटो प्रहरी नियन्त्रणमा छ ।
यता, स्याङ्जामा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३४ की अमृता खाम्चा र स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ७ ठूलाडिही बस्ने बर्ष २५ को सागर तिमिल्सेना रहेका छन् ।
अमृतालाई थप उपचारका लागि पोखरा ल्याइएको छ भने सागरको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको उनले जानकारी दिए ।
मंगलबार दिउसो वालिङ नगरपालिका वडा नं. १० पाईनिज चोकस्थित सिद्धार्थ राजमार्गमा ग१९प १३३० नम्बरको स्कूटर र ग६प ९९९० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको बताइन्छ ।





