हजुरबुबाकाे हत्या आरोपमा कृष्ण पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका वडा नं. २ डाँडाटोल बस्ने ३५ वर्षीय कृष्ण खड्का रहेका छन् ।

उनीमाथि आफ्नै हजुरबुबा ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोग लगाइएको छ ।

कृष्ण लक्ष्मणका छोरीपट्टीका नाति हुन् । आफ्नै आँगनमा लठ्ठीले कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले लठ्ठी मागेको विषयमा कृष्णले लठ्ठी प्रहार हुँदा गम्भीर घाइते भएका लक्ष्मणको स्वास्थ्य चौकी ठोरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि जंगलमा लुकिछीपी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button