
पोखरा । नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य गंगाधर पराजुली पदबाट पदमुक्त भएका छन् ।
मंसिर १० गते पार्टी सभापति किशोरदत्त बरालले पराजुलीलाई पदमुक्त गरेका हुन् ।
बराल र पराजुली दुवै पार्टी सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।
बरालका निकै विश्वासपात्र मानिने पराजुलीलाई सभापति आँफैले जिल्ला सदस्यमा मनोनित गरेका थिए ।
सभापति बरालले पराजुलीले पार्टीलाई सहयोग नगरेका कारण पदमुक्त गर्नुपरेको बताएका छन् ।
यता, बर्खास्तमा परेका पराजुलीले सभापतिलाई आफ्नो कार्यशैली सुधार गर्न पटक पटक आग्रह गर्दा बेवास्ता गर्ने गरेको र पार्टीको विधिविधान अनुसार चल्न नसकेको आरोप लगाएका छन् ।
सुझाव नमानेपछि म आफैले हटाउन आग्रह गरेको पराजुलीले बताए ।





