फरार रहेका विशन ११ वर्षपछि पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा ११ वर्षदेखि फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३३ का विशन गुरूङ रहेका छन् ।

प्रहरीका अनुसार लागूऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा पुनरावेदन अदालत पोखराले २०६९ असार १७ गते गुरूङविरुद्ध पाँच बर्ष कैद र दश हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । सोही दिनदेखि गुरूङ फरार रहेका थिए ।

प्रहरीले खोजी गर्नेक्रममा उनलाई मंगलबार फेदीखोलाबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई आज अदालतमा पेस गरि कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जामा पठाएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button