केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट : कोशी प्रदेशको जित

पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस (निलो) विरुद्ध सानदार जित निकालेको छ ।

लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक निलो विरुद्ध ९ विकेटले जित हासिल गरेको हो । खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७.४ ओभरमा पूरा गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक निलोलाई १७.५ ओभरमा ६७ रनमा रोक्न सफल भयो ।

ओपनर रोनिम तिवारीलाई फिर्दोष अन्सारीले शून्य रनमा पेभिलियन फर्काएपछि आयोजक निलो दवावमा परेको थियो ।

अर्का ओपनर अर्जुन रायमाझीले व्यक्तिगत २४ रन जोडे । उनलाई सोनु मण्डलले आउट गरे ।

मेहुल श्रेष्ठ र अभय यादवले १०-१० रन र शुभम खनालले ९ रन जोड्नु बाहेक चार जना खेलाडी डक आउट हुँदै पेभिलियन तिर फर्किए ।

आयोजकलाई सस्तैमा समेटन म्यान अफ दि म्याच समेत रहेका सर्वण यादवले ३ं.५ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट हात पारे । कमल खत्री र फिर्दोश अन्सारीले समान २-२ विकेट लिए ।

जितका लागि ६८ रनको लक्ष्य लिएर मैदामा उत्रिएको कोशीका लागि ओपनर सोनु अन्सारीले ३ चौका र ३ छक्का प्रहार गर्दै २२ बलमा ३५ रन बनाए ।

तेश्रो क्रममा आएका मिनाश थापाले ७ बलमा १८ रन बनाए भने अर्का ओपनर अंकित सुवेदी १४ रन जोडे । उनी शुभम खनालको बलमा आउट भएका थिए । कोशीले जित हासिल गरेपनि उपाधि प्रतिस्पर्धाका लागि कुनै फरक पार्नेछैन ।

प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी र एपिएफ क्लव, बागमती प्रदेश र मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । फाइनल प्रवेशका लागि बिहीबार सेमिफाइनल खेल हुनेछन् भने फाइनल खेल भने शुक्रबार हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button