पोखराको एलजी एशोसिएसनले जित्यो भिमाद कप

  • पोखरा न्यूज
  • २०८० मंसिर १३
पोखराको एलजी एशोसिएसनले जित्यो भिमाद कप

पोखरा । पोखराको एलजी एशोसिएसनले भिमाद अर्ना कपको उपाधि जितेको छ ।

तनहुँको भिमाद नगरपालिका वडा नं. ६ मा आज भएको खेलमा आयोजक भिमाद युवा क्लब (रातो) लाई पराजित गर्दै एलजीले उपाधि हात पारेको हो ।

फाइनल खेलको निर्धारित समयमा दुवै टोली गोल गर्नबाट वञ्चित भए ।

अतिरिक्त समयमा पनि गोल हुन पाएन र टुङ्गो ट्राइबेकरबाट लिनुपरेको थियो ।

ट्राइबेकरमा एलजीले भिमादलाई ४-२ गोलअन्तरले पराजित गरेको हो ।

एलजी एशोसिएसन तनहुँ-११ लाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

आयोजक भीमाद युवा क्लबले सङ्गम एफसी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

उपाधिसँगै एलजीले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

हरिबोधनी एकादशीको अवसर पारेर सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस