पाँचौ युनिप्स खेल महोत्सव : फुटबल, कबड्डी र खोखोका खेल सुरु

पोखरा । पोखरामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार फुटबल, कबड्डी, खोखोका खेल सुरु भएका छन् ।

संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा तेश्रो दिन छात्र मावितर्फ फुटबल, छात्रा मावितह खोखो र आधारभूत तह कक्षा १-५ अन्तर्गत छात्र/छात्रा कबड्डीका खेलहरु सुरु भएका हुन् ।

प्रतियोगितामा मावि छात्रतर्फ भएको फुटबलमा वेलनन एकेडेमी, स्माइल स्मल हेभन बोर्डिङ स्कूल, होली एन्जल र एकता अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगितामा फुटबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।

वेलननले शिलसिलालाई ६-० र पिनाकललाई टाइव्रेकरमा ३-१ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

त्यस्तै एकताले टाइव्रेकरमा कालिकालाई ४-३ र होली एन्जलले माउन्ट हेभनलाई ६-० ले र केफलाई ३-१ गोलले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । फुटबलको सेमिफाइनल खेल बिहीबार सञ्चालन हुने आयोजकले जनाएको छ ।

त्यस्तै मावि छात्रतर्फ भएको खोखो प्रतियोगितामा कालिका इङ्लिस सेकेण्डरी प्रथम, एकता दोश्रो, वेलनन तेश्रो र सिलसिला चौथो भएको छ । कालिकाले फाइनलमा एकतालाई १३-७ अंकले पराजित गर्न सफल भएको हो ।

आधारभुत तह (कक्षा १-५) छात्र-छात्रा कवड्डी अन्तर्गत आज पहिलो चरणका खेलहरु सम्पन्न भएको पाँचौ युनिप्स खेलकुद महोत्सव उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए ।

कबड्डी छात्रतर्फ ६ र छात्रातर्फ ५ गरि कुल १२ खेलहरु सम्पन्न भएका छन् । कवड्डीतर्फ कुल २४ टिमको सहभागिता रहेको छ ।

खेल महोत्सव अन्तर्गत बिहीबार माविस्तरीय (कक्षा ९-१०) छात्र फुटबलको सेमिफाइनलका खेल र आधारभूत तह (कक्षा १-५) छात्ररछात्रा कवड्डीका खेलहरु जारी रहने युनिप्सका अध्यक्ष शान्तबहादुर गुरुङले जानकारी दिए ।

महोत्सवको औपचारिक उद्घाटन बिहीबार पोखरा रंगशालामा हुनेछ । जसअन्तर्गत एथ्लेटिक्सका खेलसंँगै मार्चपास समेत हुने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका छन् ।

सहभागी विभिन्न खेलका ६ सय खेलाडीलाई पुरस्कृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button