हुम्ला । हुम्लामा भिरबाट लडेर १७ वर्षीया युवतीको ज्यान गएको छ । सिमकोट गाउँपालिका वडा नम्बर ८ मा रहेको खोल्सी गाउँकी सुस्मिता शाहीको भिरबाट लडेर ज्यान गएको हो ।
हिजो दिउँसो गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनी सिमकोट गाउँपालिका वडा नं. ११ मा रहेको कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत थिइन् ।





