स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा तनहुँका लोहनी नियुक्त

पोखरा । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा तनहुँका डा गुणराज लोहनीलाई नियुक्त गरेको छ ।

लोहनी साविक चिसापानी-५ हाल भानु नगरपालिका निवासी हुन् ।

डा. लोहनी स्वास्थ्य मन्त्रालयबाट १२औं तहबाट उमेरका आधारमा अवकाश प्राप्त कर्मचारी हुन्

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

डा. लोहनी चार वर्षका लागि अध्यक्ष पदमा रहनेछन् । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सरकारले लोहनीलाई सरकारले अध्यक्षमा नियुक्त गरेको हो ।

गत माघ २४ गते डा सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो ।

यस्तै, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुवोध कुमार शर्मालाई मनोनयन गर्ने निर्णयसमेत भएको छ ।

महोत्तरी निवासी शर्मालाई स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मनोनयन गर्ने निर्णय भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button