हाम्रो गौरव सहकारीको अध्यक्षमा महेन्द्र अधिकारी निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० स्थित हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा महेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

सहकारीको हालै सम्पन्न १६औं साधारणसभा तथा सातौं अधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा लोकराज ढकाल, सचिवमा चन्द्रकान्त देवकोटा र कोषाध्यक्षमा नगेन्द्रप्रसाद रेग्मी निर्वाचित भएका छन् ।

सहकारीको कार्यसमिति सदस्यहरुमा चिनबहादुर गुरुङ, तेजकुमारी शाही, संगीता पुन र बलराम अधिकारी छन् ।

यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामजी प्रसाद न्यौपाने, सदस्यहरुमा गीता विमली र बुद्धिमाया पोखरेल रहेको निर्वाचन संयोजक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button