शक्ति महिला कृषि सहकारीको अध्यक्षमा मीनामाया श्रेष्ठ चयन

  • पोखरा न्यूज
  • २०८० मंसिर १५
शक्ति महिला कृषि सहकारीको अध्यक्षमा मीनामाया श्रेष्ठ चयन

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ स्थित शक्ति महिला कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले मीनामाया श्रेष्ठलाई फेरि अध्यक्षमा चयन गरेको छ ।

सहकारीको उपाध्यक्षमा विष्णुमाया अधिकारी, सचिवमा प्रभा राजभाट, सहसचिवमा सन्तुमाया पौडेल र कोषाध्यक्षमा सारदा पौडेल रहेका छन् ।

सहकारीको कार्यसमिति सदस्यमा अम्विका खाती क्षेत्री, हरि कुमारी पाध्या, शुभद्रा ढकाल, सुरक्षा भट्टराई, आशा उदास र गीता क्षेत्री चयन भएको निर्वाचन संयोजक नवराज ढुंगानाले जानकारी दिए ।

संस्थाको लेखा संयोजकमा विना सुनार, सदस्यहरुमा शर्मिला श्रेष्ठ र तिलसरी विक छन् ।

यसअघि साधारणसभा उद्घाटन गर्दै वडाध्यक्ष नरेन्द्र थापाले महिलाहरुले गरेका जुनसुकै काम पारदर्शी र जीवनोपयोगी हुने बताए ।

उनले संस्थागत हितका लागि महेनतका साथ अघि बढ्दै कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु सुझाव दिए ।

संस्थाकी अध्यक्ष मीनामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि लक्ष्मी भट्टराई, जल्धारे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद बराल, संस्थाका सल्लाहकार नवराज ढुंगाना, उपाध्यक्ष विष्णुमाया अधिकारी, सचिव प्रभा राजभाट लगायतले सहकारीका गतिविधिबारे चर्चा गर्दै अहिलेको परिवेशमा विचार पुर्याएर सहकारी सञ्चालन गर्नुपर्ने बताएका थिए ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस