सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ : अध्यक्ष केसी

पोखरा । कास्की अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

अन्नपूर्ण गाउँपालिका वडा नं. १ नागडाँडास्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभामा अध्यक्ष केसीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि गाउँपालिकाबाट सहजीकरण गरिने स्पष्ट पारे ।

हाल सहकारी संस्थाहरु असजिलो अवस्थामा रहेको भन्दै उनलृ त्यसको व्यवस्थापनमा सञ्चालकहरु जिम्मेवार बन्नुपर्ने खाँचो औँल्याए ।

गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले सहकारीमा सहकार्यको मर्म र भावना हुनुपर्ने भन्दै शिखर सहकारीले स्थापना कालदेखि नै रचनात्मक क्रियाकलाप गर्दै आइरहेको बताइन् ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. १ का वडाध्यक्ष तुलसीप्रसाद अधिकारी, २ का वडाध्यक्ष पिताम्वर भण्डारी, गाउँपालिका प्रशासन शाखा प्रमुख ठाकुरप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

कार्यक्रममा सेयर सदस्य कृष्ण पौडेल, लोकराज भण्डारी र निर्मला पोखरेल अधिकारीलाई उत्कृष्ट दैनिक बचतकर्ता, प्रेमकुमारी गुरुङ, सविना श्रेष्ठ र सिर्जना कुँवरलाई उत्कृष्ट वार्षिक बचतकर्ताका रुपमा सम्मान गरिएको छ ।

यस्तै उत्कृष्ट अनुशासित कारोवारीको रुपमा बेलबहादुर दर्जी दमै, यमप्रसाद भण्डारी र सीता पौडेल, उत्कृष्ट बजार प्रतिनिधिमा अनिस सुनार पनि सोही अवसरमा सम्मानित भए भने अन्य ५ जना कर्मचारी पनि सम्मानित भएका छन् ।

सहकारीका शेयर सदस्यसमेत रहेका अन्नपूर्ण–१ का वडासदस्य खेमबहादुर कुँवर र अन्नपूर्ण–३ का वडासदस्य कृष्णप्रसाद पौडेललाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष सुशील भट्टचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिव सुवेदीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button