सुनको भाउ घट्यो

पोखरा । निरन्तर उकालो लागेको सुनको भाउ आज भने सामान्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य ३०० रुपैयाँले सस्तिएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार चाँदीको मूल्य भने २० रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० र चाँदीको मूल्य एक हजार ५४० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर थियो ।

हिजो छापावल सुनको मूल्य एक लाख १९ हजार ३००, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button