पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ अर्घौंस्थित लक्ष्मी माविको व्यवस्थापन समिति अध्यक्षमा नरेन्द्र थापा चयन भएका छन् । उनी सोही वडाका वडाध्यक्षसमेत हुन् । समितिको सदस्यमा कर्णबहादुर जिसी र कमला कार्की जिसी छन् ।
अध्यक्षमा चयन भएपछि अध्यक्ष थापाले विद्यालयमा धेरै कुराहरुको आवश्यकता देखिएको बताए । उनले एकैपटक पुरा गर्न नसकिएपछि प्राथमिकता र औचित्यको आधारमा क्रमशः पूरा गर्दै जाने बताए ।
उनले अभिभावकहरुलाई आफ्ना बाबुनानीलाई विद्यालयमा मात्र पठाएर नहुने र उनीहरुको क्रियाकलापलाई सुक्ष्म रुपमा निगरानी पनि गर्नुपर्ने बताए ।
सोही अवसरमा शिक्षक-अभिभावक संघ पनि गठन गरिएको छ । संघको अध्यक्षमा हरिबहादुर जिसी भएका छन् । संघको सदस्यहरुमा चित्रबहादुर कामी, तारानाथ पौडेल, शर्मिला पौडेल, गंगाकुमारी सुवेदी बराल, जैबहादुर आले, सूर्य प्रसाद सुवेदी र गंगा नेपाली छन ।
कार्यक्रममा विद्यालयबाट इसईई परीक्षामा ३.९० जिपिएसहित उत्तीर्ण भएकी दीपिका शर्माले चिकित्सा शिक्षा आयोगबाट सञ्चालित प्रवेश परीक्षामा एमबिबिएसतर्फ पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएकोमा र २०७९ सालको एसईई परीक्षामा कास्की जिल्लाभित्रका सामुदायिक विद्यालयहरुबाट छात्रातर्फ ३.८५ जिपिए अंकका साथ प्रथम स्थान हासिल गरेकोमा सम्मान गरिएको थियो । यस्तै, स्वयंसेवक शिक्षक धनश्री न्यौपानेलाई पनि सम्मानका साथ बिदाई गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले स्वागत, कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिवारीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution