लेखनाथ महोत्सव पुस ५ देखि १६ गतेसम्म

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १९औं लेखनाथ महोत्सव पुस ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।

महोत्सवमा कृषि तथा स्थानीय उत्पादनलाई विशेष महत्व दिइने र स्वदेशी उत्पादनकोसमेत प्रवर्द्धन गरिने संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवमा कृषि उत्पादन, भाँडावर्तन, फर्निचर तथा इलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रदर्शनी, बैंक तथा वित्तीय संघ-संस्थाहरु, डेरी तथा फलफूल, होटल तथा रेष्टुरेन्टका गरि ३३४ वटा स्टल रहनेछन् ।

महोत्सवलाई पोखरा इको रेड ब्रिक्सले मुख्य प्रायोजन र पशुपति बिस्कुट र हेटौंडा डेरीले सह-प्रायोजन गरेको बताइएको छ ।

महोत्सवको तयारी तीव्र बनाइएको र स्थानीय विभिन्न संघसंस्था तथा आमा समूहसँग छलफल चलिरहेको महोत्सवका सह-संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

हालसम्म महोत्सवका ७० प्रतिशत स्टल बुकिङ भइसकेको संघका लेखा अधिकृत प्रसिद्ध पौडेलले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button