मधेस प्रदेशले पहिले ब्याटिङ गर्दै, कस्ले जित्ला उपाधि ?

पोखरा । पोखरामा जारी ‘केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट’ को उपाधिका लागि अहिले विभागीय त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश भिड्दै छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर मधेसले पहिले ब्याटिङ गर्दैछ ।

हिजो भएको सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै मधेसले सशस्त्र प्रहरीको एपीएफलाई ११ रनले हराएको थियो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ।

यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button