काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ ।
नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् ।
जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्यान्ड, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र अमेरिका छन् ।
लिग सन् २०२७ सम्म सञ्चालन हुनेछ । यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution