पोखरा । आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । आजभन्दा ७४ वर्षअघि सन् १९४९ को आजको दिनमा (डिसेम्बर २) संयुक्त राष्ट्रसङ्घको महासभाले व्यक्तिको आवागमन र अन्यको वेश्यावृत्ति शोषणको दमनसम्बन्धी महासन्धि पारित गरेको थियो ।
यौन शोषण, मानव बेचबिखन, बालश्रमको सबैभन्दा जघन्य रूप, जबरजस्ती विवाह र सशस्त्र द्वन्द्वमा प्रयोगका लागि बालबालिकालाई जबरजस्ती भर्ती गर्नेजस्ता आधुनिक दासत्व अन्त्य गर्न यो अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मुखरित छ । आज संसारमा ४.३ करोड मानिस दास छन् । करिब २५ प्रतिशत दासत्वको चङ्गुलमा बालबालिका रहेको विभिन्न तथ्यले पुष्टि गर्छ ।
तत्कालीन नेपालमा विद्यमान रहेको दास प्रथालाई लिएर चन्द्रशमशेरले १९८२ को मङ्सिर १४ मा टुँडिखेलमा ७९ पृष्ठ लामो ऐतिहासिक भाषण गरेका थिए । भाषणको साढे चार महिनापछि उनले यो कुप्रथालाई ऐनद्वारा निर्मूल गर्ने आँट पनि देखाए जुन कार्य १०४ वर्षे जहानियाँ राणा शासनकालको उपलब्धि मान्नुपर्छ ।
नेपालमा वि.सं. १९८३ मा दास प्रथा उन्मूलनको घोषणा भए पनि विभिन्न स्वरूपमा दासता प्रथा अझै कायमै छ । विभिन्न अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदन र संस्थागत प्रतिवेदनका अनुसार नेपालमा करिब एक प्रतिशत मानिस आधुनिक दासत्वको पीडा भोगिरहेका छन् । यसले प्रत्यक्ष रूपमा ७० हजार परिवारलाई मर्कामा परेका छन् ।
नेपाल केन्द्रीय तथ्याङ्क विभागको २०२१ को राष्ट्रिय तथ्याङ्कलाई आधार मानेर नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख (१५.३%) बालबालिका बालश्रमको सिकार छन् । सार्वजनिक यातायात, चमेना गृह, खाजा पसल, इँटा भट्टा, घरेलु र प्याकेजिङ क्षेत्रको काममा बालश्रमिकमाथि ज्यादतीपूर्ण घटना भइरहेको बताइन्छ् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution