काठमाडौं जाँदै गरेको गाडीको ठक्करबाट पैदलयात्री धितालको मृत्यु

काभ्रेपलाञ्चोक । आज बिहानै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वठा नं. ११ पात्लेखेतस्थित वीपी राजमार्गमा गाडीको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

बिहान ६ः१० बजे भकुन्डेबेशीबाट काठमाडौँ जाँदै गरेको प्र १-०१-००१ च ८५९२ नंको योदा गाडीले पैदलयात्रु पात्लेखेत बस्ने अन्दाजी ५० वर्षे यमुनाप्रसाद धिताललाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिइए । उनको उपचारका लागि धुलिखेल अस्पताल पठाएकामा ६ः५५ बजे नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

उक्त स्थानमा काभ्रेभञ्याङबाट दामोदार ओझाको कमाण्डमा र जिल्ला प्रहरी कार्यालयबाट अनिलकुमार बैठाको कमाण्डमा १७ जनाको टोली खटिएर गएको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button