निर्माण व्यवसायी समितिको अध्यक्षमा शिवबहादुर खड्का निर्वाचित

पोखरा । निर्माण व्यवसायी समिति नेपालको अध्यक्षमा शिवबहादुर खड्का निर्वाचित भएका छन् ।

समितिको २६औं साधारणसभा तथा १३औं महाधिवेशनले खड्कालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

समिति वरिष्ठ उपाध्यक्षमा बेलबहादुर बस्नेत ‘नवराज’, उपाध्यक्ष राजेन्द्रप्रसाद घिमिरे, सचिव थलकुमार श्रेष्ठ, सहसचिव मीठु नेपाली र कोषाध्यक्ष विक्रम खत्री रहेका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा सदस्यमा ओमप्रसाद रिजाल, छविलाल विश्वकर्मा, धने नेपाली, सन्तोष नेपाली, विनोद थापा क्षत्री, राजकुमार श्रेष्ठ, फत्तबहादुर हिस्की, कृष्ण नेपाली, ज्ञानबहादुर थापामगर, जीवन लामा र युवराज ढकाल छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button