श्रीपति सहकारीको १५औं वार्षिक साधारणसभा

पोखरा । पोखरा महानगरपालिका वडा नंं ९ साँघुमुखस्थित श्रीपति बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै श्रीपति कोइराला गुठीका अध्यक्ष अधिवक्ता फडिन्द्रराज कोईरालाले अहिलेको परिस्थिति बुझेर सहकारी सञ्चालन गर्नुपर्ने बताए । उनले सहकारी क्षेत्रमा भईरहेको हल्लाको पछि नलागी आफ्नो संस्थाको अवस्था बुझ्न आग्रह गरे ।

श्रीपति सहकारीमा अन्यत्र जस्तो कुनै समस्या नभएको आफूले बुझेको कोइरालाले बताए ।

कार्यक्रममा पुरानोधारा सहकारीका अध्यक्ष कृष्णप्रसाद कोईराला, नवीन सहकारीका अध्यक्ष अनन्तराज कोईराला, साँघुमुख-महेन्द्रपुल बजार समितिका सचिव राजु सुनार, शेयर सदस्यद्वय कृष्णप्रसाद कोइराला र पार्वतीदेवी कोइरालाले बोलेका थिए ।

साधारणसभामा अध्यक्ष रामप्रसाद कोइरालाले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नवराज कोइरालाले आर्थिक प्रतिवेदन र सञ्चालक सदस्य रचना कोइरालाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । तीन वटै प्रतिवेदनलाई साधारणसभाले पारित गरेका थिए ।

साथै साधारणसभाले अन्य सहकारीसँग मर्ज गर्ने अधिकार कार्यसमितिलाई अख्तियारी दिएको छ ।

कार्यक्रममा उत्कृष्ट कारोबारी तारा कोईराला र रामचन्द्र तिमिल्सिना, उत्कृष्ट बचत कोइराला शेखरनाथ भुर्तेल, पार्वतीदेवी कोइराला, सुदर्शन भुर्तेल, श्रीकृष्ण रानाभाट र शोभा परियारका साथै कर्मचारी सुनिता श्रेष्ठलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष रामप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गणेशप्रसाद कोइरालाले स्वागत, पूर्व उपाध्यक्ष विजयालक्ष्मी कोइरालाले सिद्धान्त वाचन र कार्यक्रम सञ्चालन सचिव सूर्यराज त्रिपाठीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button