सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारणसभा

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षेत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई दिर्घकालिनरुपमा अघि बढाउन, जगेडा कोष वृद्धिसँगै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्नेमा जोड दिए ।

समाजको विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई राम्रो हो भन्न सक्ने सहकारी बन्नुपर्ने उनले बताए ।

वार्षिक साधारणले अध्यक्ष कृष्ण थापा, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, कर्जा संयोजक रमेश कुमार थापा, लेखा संयोजक शिवबहादुर बानियाँ, अशुली संयोजक मायाकुमारी शर्मा व्यवस्थापक सुरेन्द्र थापाद्वारा प्रस्तुत प्रतिवेदनलाई पारित गरेको छ ।

संस्थाको हाल सेयर पूँजी सात करोड १५ लाख बचत, ४५ करोड, ७४ लाख, कर्जा लगानी ५३ करोड ६२ लाख रहेकोमा यसवर्ष सम्पूर्णतर्फ १० करोड वृद्धि गर्ने योजना रहेको अध्यक्ष थापाले बताए ।

कार्यक्रममा ज्येष्ठ सदस्य पूर्णबहादुर ढकाल क्षेत्री लगायत उत्कृष्ट कारोबार बचत गर्ने, सदस्यहरुको विविध क्षेत्रका उत्कृष्ट सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रेमबहादुर जिसी, सल्लाहकार सोभियत बहादुर अधिकारी, रोहितराज बास्तोला, दुर्गाबहादुर सुनार, ईन्द्रकमल मानन्धर, कमलनयन गौतम, सञ्चालक विकल पौडेल, तारा थापा, पूर्व सञ्चालक रामचन्द्र थापा, बहुउद्देश्यीय समितिका सदस्य गणेश बहादुर अधिकार, रेडियो सराङ्गकोटका निर्देशक चिन्तामणि बास्तोला, सदस्य दामोदर शर्मा लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button