पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा : मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा रहेको बताएका छन् ।

नेपाल कुष्ठरोग निवारण संघको शनिबार पोखरामा भएको ५१औं सभामा मेयर आचार्यले पर्यटकीय राजधानी घोषणाका लागि सबै प्रक्रिया पूरा हुने चरणमा रहेकोले छिट्टै घोषणा हुने विश्वास व्यक्त गरेका छन् । पोखरा आँफैमा प्राकृतिक र संस्कृतिको संगम रहेको आचार्यले बताए ।

‘पोखरा आँफैमा प्रकृति र संस्कृतिको एउटा महत्वपूर्ण संगम पनि हो । सँगसगै यसलाई हामीले नेचर कल्चर र एड्भेन्चर पनि भनेका छौँ । हुन् त यस्ता अन्यत्र ठाउँ पनि होलान् तर यो हिमाल र तालहरूको सहर पनि हो’, आचार्यले भने ।

प्रकृतिसँगै कृतिम पर्यटकीय संरचना निर्माण गर्नेतर्फ महागनरले ध्यान दिने उनले स्पष्ट पारे ।

‘पोखरालाई हामीले प्रकृतिले दिएको बरदानसँगै मानव निर्मित संरचनाहरू निर्माण गरौँ, पोखरा साच्चैँ एउटा संसारको सुन्दर पर्यटकीय क्षेत्र निर्माण गरौँ, भनेर आफ्नो नीति, कार्यक्रम र योजना र त्यही बाटोमा हिडेका छौँ’, आचार्यले भने ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केही दिन अघिमात्र अध्ययन समिति गठन गरिएको थियो ।

प्रमुख आचार्यले कुष्ठरोगीको संख्या घटाउनुपर्नेमा जोडसमेत दिए । उनले भने, ‘बिरामी भएपछि उपचार गर्नुभन्दा बिरामी हुनै नदिनतर्फ तयारी गर्नुपर्छ, स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढिरहेकाले बिरामी हुन नदिने कारण खोज्नुपर्छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button