वेलनन एकेडेमी बन्यो च्याम्पियन

पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा सम्पन्न पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ । पोखरामा सम्पन्न खेलकुद महोत्सवमा सहभागी १८ विद्यालयलाई पछि पार्दै कुल १३३ अंकका साथ वेलननले उपाधि जितेको हो ।

हरेक दुई-दुई वर्षमा आयोजना हुने खेलकुद महोत्सवमा वेलननले यसअघि रनिङ शिल्डमा एकपटक कव्जा जमाइसकेको छ । वेलननले योसँंगै लगातार चौथोपटक उपाधि जितेको छ ।

यसैगरी खेलकुद महोत्सवमा ११० अंकका साथ कलिका इङलिस सेकेण्डरी स्कल उपविजेता भएको छ । पोखरा रंगशालामा चार दिनदेखि जारी खेलकुद महोत्सवमा ७४ अंक बटुल्दै पिनाकल एकेडेमी तेश्रो हुँदा ६३ अंकका साथ स्माइल स्मल हेभेन स्कुलले चौथो स्थान प्राप्त गरेको प्रतियोगिता खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए ।

यस्तै फुटवल मावि छात्रतर्फको फाइनलमा वेलनन एकेडेमीले एकता आवासीयलाई ३-१ ले पराजित गर्दै च्याम्पियन भएको छ भने स्मल स्माइल हेभेनले तेश्रो तथा होली एन्जलले चौथो स्थान प्राप्त गरेको छ ।

विजेता विद्यालय तथा खेलाडीलाई गण्डकी प्रदेश शिक्षा निर्देशनालयका उपमहानिर्देशक घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, युनिप्स नेपालका संस्थापक अध्यक्ष ध्रुव गिरीलगायतले मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरेका थिए ।

सो अवसरमा उपमहानिर्देशक पौडेलले शिक्षासंँगै अतिरिक्त क्रियाकलापमा खेलकुद जोड्नुपर्ने अपरिहार्य रहेको बताउँदै खेलाडी उत्पादनको मुख्य थलोनै विद्यालय रहेको उल्लेख गरे ।

युनिप्स नेपालका अध्यक्ष शान्तबहादुर गुरुङको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । खेलकुद महोत्वमा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका चार हजार भन्दा बढि खेलाडीले सहभागिता जनाएका थिए । विभिन्न खेलका छ सय खेलाडीहरुलाई पुरस्कृत गरिएको भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button