पवित्र सहकारीको विद्यार्थी सम्मान

पोखरा । पोखरास्थित पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शैक्षिक सत्र २०८० सम्ममा १०+२ देखि विद्यावारिधि तह पूरा गरेका शेयर सदस्य र सदस्यका छोराछोरी गरी २२ जनालाई सम्मानित गरेको हो ।

विद्यार्थीलाई संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट र अध्यक्ष बुद्धिबहादुर रानाभाटलगायतले सम्मान अर्पण गरेका थिए ।

संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाटले विद्यार्थी भाइबहिनीलाई सही बाटोमा डोर्‍याउन स-साना सम्मान र प्रोत्साहनले पनि ठूलो प्रेरणा मिल्ने धारणा राखे ।

रानाभाट/भाट समाज नेपालका कास्की जिल्ला अध्यक्ष सूर्यबहादुर रानाभाटले योग्यवान र क्षमतावान प्रतिभाका लागि अवसरले खोज्दै आउने भएकाले सबैले आफूलाई अब्बल तुल्याउन आवश्यक रहेको बताए ।

सम्मानित विद्यार्थीकातर्फबाट विद्यावारिधि पूरा गरेका दिपेश रानाभाटले पवित्र सहकारी सञ्चालनको प्रारम्भिक छलफलदेखि संलग्न रहँदै आएकोमा समयको कालक्रममा यसरी सोही संस्थाबाट सम्मानित हुन पाउँदा गौरवबोध भएको धारणा राखे ।

१०+२ उत्कृष्ट छात्रामध्येबाट मन्तव्य राख्दै विशेषता रानाभाटले संस्थाको सम्मानले आफूलाई प्रोत्साहन मिलेको भन्दै आभार व्यक्त गरिन् ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोककी जनप्रतिनिधि गंगा रानाभाट, काहुँखोला इकाइ अध्यक्ष सुवेदार भीमबहादुर रानाभाट, सञ्चालक समिति सदस्य पूर्व प्रहरी नायव निरीक्षक यामबहादुर रानाभाट, गोमादेवी रानाभाट, शिक्षा उपसमिति संयोजक असफल गौतम, ऋण उप-समिति सदस्य प्रतिभा रानाभाटलगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटको अध्यक्षतामा भएकाे कार्यक्रमको सञ्चालन सचिव चन्द्रु रानाभाटले गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button