माउण्टेन भ्यू सिटी लायन्सको रक्तदान, ५९ युनिट रगत संकलन

  • पोखरा न्यूज
  • २०८० मंसिर १६
माउण्टेन भ्यू सिटी लायन्सको रक्तदान, ५९ युनिट रगत संकलन

पोखरा । लायन्स क्लव अफ पोखरा माउण्टेन भ्यू सिटीले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । आफ्नो वार्षिक कार्यतालिका अनुरुप क्लवले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम शुभारम्भ गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ केका गभर्नर सुचित्रा थापाले लायन्स क्लव विश्वकै उत्कृष्ट र ठूलो संस्था भएको बताइन् । उनले प्रवित्र मन भएका लायनहरुको संस्था लायन्स जनताका दुःख सुखमा सधैं साथमा रहेको बताइन् ।

कार्यक्रममा डिष्ट्रिक्टका सेकेण्ड भाइस गभर्नर दुर्गाप्रसाद हुमागाईं, पूर्व मल्टिपल काउन्सिल चियर पर्सन दिपक श्रेष्ठ, क्याविनेट सेक्रेटरीयल चिफ मिनराज काफ्ले, व्लड डोनेसन चिफ श्याम कृष्ण श्रेष्ठ, क्लवका संस्थापक अध्यक्ष टिकाराम सुवेदी, रिजन चियरपर्सन विष्णुप्रसाद चापागाईं, क्लवका पूर्व अध्यक्षहरु बलराम आचार्य, हरिप्रसाद अधिकारी, दिननाथ अधिकारी र क्लवका निवर्तमान अध्यक्ष एवं जोन ३४ का चियरपर्सन माधव प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

क्लवका अध्यक्ष हरिप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा तृतीय उपाध्यक्ष रामचन्द्र शर्माले संयोजक गरेका थिए ।

कार्यक्रमका लागि लियो क्लव अफ सिल्भर माउण्टेनले सहयोग गरेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस