जे–३० टेनिस : पुरुषमा एलेक्सी र महिलामा उता च्याम्पियन

पोखरा । कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे-३० टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ एलेक्सी सिभायव प्रथम भएका छन् ।

पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६-१ र ७-५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधि जितेका हुन् ।

यस्तै महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हाँसिल गरिन् । फाइनल खेलमा उनले भारतकी यासिका सोकिनलाई १-६, ६-४ र सुपरटाइमा ६-० ले पराजित गर्दै उपाधि आफ्नों नाम गराएकी हुन् ।

पुरुष डबल्सतर्फ जापानकाको फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविर मुकेस छाप्दा र अमृत मोण्डको जोडीलाई १-६, ६-४ र सुपरटाईमा १०-५ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे ।

महिला डबल्सतर्फ भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६-२, ६-१ को सटेमा पराजित गर्दै प्रथम हुन सफल भए ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेससभा सदस्य प्रकाश बराल, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल पर्यटन बोर्ड, गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेल, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले मेडल प्रदान गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button