अमृत गुरुङद्वारा शैक्षिक सामाग्री र पोशाक वितरण

पोखरा । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले घान्द्रुकका तीन विद्यालयमा शैक्षिक सामाग्री र पोशाक वितरण गरेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०, ११ स्थित घान्द्रुकका सरस्वती आधारभूत विद्यालय उरी, छुर्लुङ आधारभूत विद्यालय र तालबाराही आधारभूत विद्यालयका ३७ जना विद्यार्थीहरुलाई फाउण्डेशनका संस्थापक गुरुङले शैक्षिक सामाग्री र पोशाक वितरण गरेका हुन् ।

शैक्षिक पोशाक वितरणपछि फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले शिक्षासँग जोडिएको बताए ।

‘घान्द्रुकको विभिन्न स्थानलाई समेटेर वृत्तचित्र निर्माण गरेको थिए, घान्द्रुक, पोखरा र काठमाडौं लगायतको स्थानपछि बेलायत र हङकङमा वृत्तचित्र प्रदर्शन गर्ने अवसर पाएँ’, गुरुङले भने, ‘फाउण्डेशनमार्फत विभिन्न क्षेत्रमा जोडिएको छु, सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले शिक्षासँग जोडिएको छु ।’

शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउण्डेशनमार्फत सक्रियता बढाएको गुरुङले बताए ।

‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउण्डेशनमार्फत सक्रियता बढाएको छु’, उनले भने, ‘अबको परिवर्तन शिक्षाले मात्र दिन सक्ने भएकाले सबैलाई शिक्षामा जोड्न आवश्यक छ ।’

शैक्षिक क्षेत्रबाहेक स्वास्थ्य र खेलकुद क्षेत्रमा पनि सहयोग गर्ने उनले बताए । ‘हामीले यसअघि पनि विभिन्न समयमा सहयोग गरिसकेका छौं, शैक्षिक क्षेत्रसँगै यस अगाडि स्वास्थ्य र खेलकुदमा पनि सहयोग गर्दै आएका छौं’, उनले भने ।

फाउण्डेशनले यसअघि लमजुङको एक विद्यालय र घान्द्रुकको तिख्यानस्थित कुर्लङ्ग बराह आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button