मयूर सहकारीको दोस्रो साधारणसभा

  • पोखरा न्यूज
  • २०८० मंसिर १६
मयूर सहकारीको दोस्रो साधारणसभा

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीस्थित मयूर बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका सहकारी समितिका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले सहकारीमा सुशासन नभएका कारण अस्थिरता पैदा भएको बताए । पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोणमा नकारात्मकता सिर्जना भएपनि यसको समाधान हुने उनको भनाइ थियो ।

सुशासन र व्यवस्थापन पक्ष बलियो बनाएमा सहकारी सफल हुने उनले बताए । सहकारीलाई नियमित चेकजाँज र अनुगमन आवश्यक रहेको उनको भनाइ थियो ।

सहकारीका अध्यक्ष मिनराज खड्काले कास्की जिल्लाकै उत्कृष्ट सहकारी बनाउने योजनाका साथ अघि बढिएको बताए । शेयर सदस्यको विश्वासलाई आत्मसाथ गर्दै सहकारीलाई पारदर्शीरुपमा लगिएको उनले जानकारी दिए ।

अध्यक्ष खड्काले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र सहकारीको भावि कार्यक्रम तथा योजना समेत प्रस्तुत गरेका थिए ।

उद्घाटन सत्रमा मानसा सहकारीका अध्यक्ष गोविन्द देवकोटा, नेशनल लाइफ इन्स्युरेन्स लेखनाथ शाखाका प्रमुख छविलाल पौडेल, प्राइम कमर्सियल बैंक स्याङ्जा शाखाका प्रमुख शालिकराम लामिछाने, अभियान युवा क्लवका अध्यक्ष राजु गिरी, शेयर सदस्य कपिल पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा उपाध्यक्ष सरस्वती पौडेलले स्वागत, सहकारीका व्यवस्थापक दिपेन्द्र पौडेलले सञ्चालन र सात सिद्धान्तको वाचन सचिव सुनिल पराजुलीले गरेका थिए ।

सहकारीमा हाल १८२ जना शेयर सदस्य छन् । हाल सहकारीको चुक्ता पुँजी ८२ लाख ८८ हजार छभने कर्जा लगानीमा दुई करोड सात लाख ४१ हजार ६८० रहेको सहकारीले जनाएको छ । यस्तै सहकारीको निक्षेपतर्फ एक करोड, ५५ लाख ४१ हजार ११० रहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस