पोखरा आउँदै गरेको ट्रकको ठक्करबाट भिमादकी सुकमायाको मृत्यु

तनहुँ । तनहुँमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार दुर्घटनामा भीमाद नगरपालिका वडा नं. ९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका-६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र छ वर्षीय गुराँस घाइते भएका छन् ।

घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button