
पोखरा । आज पनि पोखराका केही स्थानमा ४ घण्टा विद्युत अवरोध हुने भएको छ ।
११ केभी एयरपोर्ट फिडर अन्तर्गतका क्षेत्रमा ४ घण्टा विद्युत अपरोध हुने नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं. ७ पुरानो विमानस्थलको छेउमा विजुलीको पोल माइक्रोबसको ठक्करका कारण भाँचिएको र सो पोल फेर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने बताइन्छ ।
पोखराका केही स्थानमा शनिबार पनि करिब ५ घण्टा विद्युत अवरुद्ध भएको थियो ।





